Sports

शहीद स्मारक ए डिभिजन लिगको अन्तिम चरणका खेलहरु आजबाट

Thu Feb 13

काठमाडौं, फागुन ०१:शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिम चरण आजबाट शुरु हुदैछ । यही चरणबाट लिगको ४२ औं संस्करणको विजेता छानिने छ । लिगमा शीर्ष स्थानको विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो स्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबसंग १ अंकको मात्रै अग्रता बनाएपछि लिगको उपाधि विजेताको टुङ्गो अन्तिम खेलबाट हुने भएको हो ।लिगमा आज भने तीन वटा खेलहरु हुने कार्यक्रम छ । विहान ८:४५ बनेबाट हुने पहिलो खेलमा नेपाल पुलिस र फ्रेण्ड्स क्लव भिड्दैछन् । दिउँसो १२:१५ बजे हुने दोस्रो खेलमा एपिएफ र ब्रिगेड व्याइज क्लवले प्रतिस्पर्धा गर्दैछन् भने दिउँसो ३ बजेहुने तेस्रो खेलमा सरस्वती र संकटा क्लवबीच खेल हुने कार्यक्रम छ । सबै खेलहरु एन्फा कम्प्लेक्स सातदोवाटोमा हुनेछ ।लिगको १२ औं चरणको खेल हिजो सकिएको हो । एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीचको खेलसँगै लिगको १२ औं चरण सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टोलीले ३-३ गोलको बराबरी खेले। बराबरीपछि जावालखेल शीर्ष ६ मा रहने भएको छ । १२ खेलबाट १९ अंक जोडेको जावालखेल पाँचौ स्थानमा छ । अब आज हुने अन्तिम खेलमा पुलिसको नतिजाले जावालाखेल पाँचौ र छैठौं के हुन्छ निर्णय हुनेछ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्