Business , News

शितलहर र बर्षाले बालीनाली क्षति

Sun Jan 19

काठमाडौं, माघ ०५: लगातारको शितलहर र तीन दिन देखिको बर्षाले तराइका कतिपय जिल्लामा बालीनालीमा क्षति पुगेको छ । बाक्लो हूस्सु र शितलहरले क्षति पुगेको तरकारी र तोरीबाली लगातारको बर्षाले खेतमै कुहिन थालेपछि ठूलो समस्यमा परेको किसानहरूले गुनासो गरेका छन । झण्डै एक महिना लामो शितलहर र तुसारो नहट्दै तीदिनदेखि लगातार बर्षा भएपछि रूपन्देही सहित प्रदेश पाँचका तराईका जिल्लामा तरकारीका साथै र तोरी खेती गर्दै आएका किसानले ठुलो नोक्सानी ब्यहोर्नुपरेको हो । खेती स्याहार्ने बेलामा खेतमै कृषि उत्पादन कुहिन थालेपछि किसान चिन्तित बनेका छन् । शितलहरसँगै निरन्तर झरी पर्दा सवै भन्दाबढि आलु, गोलभेडा तथा तोरीमा असर पुगेको  प्रदेश न पाँचको कृषि विकास निर्देशनालयले जनाएको छ । पछिल्लो मौसमी असरले उत्पादन ४० देखि ५० प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्