Business , News

संसदमा बजेटमाथि छलफल जारी

Mon Jun 3

काठमाडौं, जेठ २०:प्रतिनिधि सभाको आजको वैठकमा पनि आगामी आर्थिक वर्षको वजेटको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रह्यो।  छलफलमा भाग लिदै  सत्ता पक्षका सांसदहरुले आर्थिक स्थायीत्व सहितको दिगो विकासका लागि आधार तयार गर्न बजेट महत्वपूर्ण हुने भनी स्वागत गर्नु भयो ।   उहाँहरुले यो बजेटले देशलाई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प तर्फ अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।   अनावश्यक आयातलाई निरुत्साहीत गरी निर्यात वृद्धि गर्ने  निति बजेटले लिएको भन्दै उहाँहरुले  बजेटको सफल कार्यान्वयबाट ८ दशमलब ५ प्रतिशतको आर्थिक वृद्धि सहजै हासिल हुने बताउनु भयो।  प्रतिपक्षी दलका सांसदहरुले भने बजेट स्रोतले भ्याउने भन्दा बढी रहेको, वितरणमुखी भएको र यसले सरकारले लिएको आर्थिक विकासको लक्ष्य पुरा गर्न नसक्ने टिप्पणी गर्नु भयो ।  बजेट संघीयताको भावना विपरित रहेको आरोप लगाउनुहुँदै प्रतिपक्षी सासंदहरुले व्यापार घाटालाई न्यूनिकरण गर्ने दिशामा बजेटले कुनै पनि कार्यक्रम दिन नसकेको तर्क गर्नुभयो। छलफल जारी छ।  यसअघि आजैको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले शिक्षा तथा स्वास्थ्य समितिको बार्षिक प्रतिवेदन २०७५-२०७६ प्रस्तुत गर्नुभयो।  बैठक प्ररम्भ हुनासाथ राष्ट्रिय जनता पार्टीका सासंद राज किशोर यादवले लोकसेवा आयोगले हालै आब्हान गरेको विज्ञापन संविधानको भाबना र मर्म विपरित रहेको भन्दै सदन मार्फत सरकारको ध्यानार्कषण गराउनु भयो।  नेपाली काँग्रेसका सांसद डा मिनेन्द्र रिजालले आगामी आर्थिक बर्षको बजेट बक्तव्यमा कर प्रणालीमा संरचनात्मक परिर्वतन शिर्षकमा ब्यापक त्रुटि देखिएकोले त्यस विषयको टुङ्गो नलागी बजेट माथीको छलफल अगाडी बढाउन नमिल्ने भन्दै अर्थ मन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्