Politics

संसद् दिवस मनाईंदै

Tue Jun 30

काठमाडौं, असार १६ः नेपालमा आज संसद दिवस मनाइदै छ । नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनसँगै २०१६ असार १६ गते संसद्को पहिलो बैठक बसेको थियो । त्यसैदिनको सम्झनामा हरेक वर्ष असार १६ गते संसद् दिवस मनाउने गरिन्छ ।

जनताका प्रतिनिधिमार्फत शासन सञ्चालन गरिने सर्वोच्चतम शासन व्यवस्थाका रूपमा संसदीय शासन प्रणालीलाई लिने गरिन्छ । कोभिड–१९ कारण यसबर्ष संसद दिवसका अवसरमा औपचारिक कार्यक्रम नगरिएको जनाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् दिवसका अवसरमा शुभकामना दिदै राज्य पुनःसंरचना र सङ्घीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाई जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग हुन जरुरी भएको उल्लेख गर्नुभएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्