Province

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा खाद्यान्न संकट

Sun Apr 5

संखुवासभा, चैत्र २४ः सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न संकट भएको छ । कोरोना भाइरसको महामारी फैलिएपछि साढे दुई महिनादेखि चीनले किमाथांका नाका बन्द गरेको छ ।

नाका बन्दपछि दुर्गम उत्तरी क्षेत्र गाउँपालिकामा खाद्यान्न संकट भएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिनुभयो । किमाथांका सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा पर्छ ।

भौगोलिक रुपमा निकै विकट भोटखोलामा सञ्चार र यातायात साधनको पहुँच पुगेको छैन । कोरोना भाइरस संक्रमण फैलिन नदिन चीनले गत माघ ५ गतेदेखि किमाथांका नाका बन्द गरेको थियो ।

वडा नम्बर १ र २ का २१४ घरपरिवारलाई खाद्यान्न संकट भएको अध्यक्ष भोटेको भनाइ छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्