Business

सञ्चय कोषले आर्थिक कारोवार बन्द गर्ने

Sun Mar 22

काठमाडौं, चैत्र ०९ः कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाले यही चैत २१ गतेसम्मका लागि सम्पूर्ण सञ्चयकर्तामार्फत हुने कर्जा प्रवाह र बचत सङ्कलन (आर्थिक कारोवार) बन्द गर्ने भएको छ ।

कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक कारोवार बन्द गर्ने निर्णय भएको शाखाका प्रतिनिधि रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

शाखाले प्रेस विज्ञप्ति जारी गरी अत्यावश्यक सेवा भने यथावत् राख्दै सञ्चयकर्तालाई भाइरसविरुद्ध उच्च सतर्कता अपनाउन आह्वानसमेत गरेको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्