Sports

सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल आज

Sun Feb 23

काठमाडौं, फागुन ११:झापामा भइरहेको तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुदैछ । प्रतियोगिताको उपाधिका लागि ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लवले थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमाए डिभिजन लिगको उपविजेता टोली त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो । यसैगरी पहिलो सेमिफाइनल खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि भिडन्त पक्का परेको थियो । सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेताले ६ लाख रुपैंया पुरस्कार पाउने छ । उपविजेताले ३ लाख पाउने छ ।  प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टले ५० हजार र हाइ स्कोररलाई २५ हजार पाउने छन् । त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही २०/२० हजार पाउने आयोजकले जनाएका छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्