Province

सप्तरीको छिन्नमस्ता शक्तिपीठ पूजाआजा गर्न रोक

Tue Mar 24

सप्तरी, चैत्र १०ः सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा अनिश्चितकालागि सर्वसाधारणलाई पूजाआजा गर्न रोक लगाइएको छ ।

शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले कोरोना भाइरसको त्रास रहेको भन्दै स्थिति साम्य नभए सम्मकालागि शक्तिपीठमा भक्तजनलाई पूजाआजामा रोक लगाएको जानकारी दिनुभयो ।

शक्तिपीठमा भक्तजनको भीडभाडमा कोरोनाको जोखिम रहेकोले हाललाई शक्तिपीठ सर्वसाधारणको पूजाआजाकालागि बन्द गरिएको हो । तर छिन्नमस्ता शक्तिपीठमा पूजारीहरुद्वारा गरिने नियमित पूजाआजा भने जारी रहने पीठाधीश ठाकुरले जानकारी दिनुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्