Business , News

समुन्द्रमा अक्सिजनको मात्रा चार गुणाले घट्यो

Sun Dec 8

काठमाडौं, मंसिर २२:महासागर र समुन्द्रहरुमा विगत ५० बर्षको अवधिमा झण्डै चार गुणाले अक्सिजनको मात्रा घट्दै गएको एक वैज्ञानिक अनुसन्धानले देखाएको छ । जलवायु परिवर्तन एवम् पोषण बढाउने विभिन्न तत्वहरुको प्रयोगले बढाएको प्रदुषणका कारण सागरहरुमा अक्सिजनको मात्रा घट्दै गएको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । पानीमा अक्सिजनको मात्रा कम हुदै जाँदा त्यसको प्रत्यक्ष असर जलचरहरुमा देखिन सुरु भएको अनुसन्धानकर्ता संस्था आए यू सि एन का अनुसन्धानकर्ताहरु बताएका छन् । महासागरका जलचरहरुको सम्वन्धमा गरिएको हालसम्मकै बृहत अनुसन्धानबाट विश्वभरका करिव ७०० सागरहरुमा अक्सिजनको मात्रा कम रहेको पाइएको अनुसन्धानकर्ताहरुले पुष्टि गरेका हुन् । सन् १९६०को दशकमा भएको यस्तै अनुसन्धानमा त्यस्तो अवस्थाका ४५ ओटा सागर रहेको उल्लेख थियो । घट्दै गएको अक्सिजनले जेली फिस जस्ता साना प्रजातीका माछाहरुलाई खासै असर नगरेपनि बढी अक्सिजन चाहिने टुना, मर्लिन एवम् सार्क जस्ता ठूला माछाहरुलाई भने निकै असर गरेको छ । अनुसन्धानकर्ताहरुले शक्ति सञ्चयका लागि बढी अक्सिजन चाहिने भएपछी ठूला माछाहरु समुन्द्रको सतहमा देखिन थालेको र त्यसले तीनको शिकार समेत बढ्दै गइ अस्तित्वनै संकटमा पार्न सक्ने तर्फ सचेत बनाएका छन् । यदी विश्वका व्यापारिक उत्पादकहरुले हालकै क्रममा तातो ग्यास उत्सर्जन गर्दै जाने हो भने यो शताव्दीको अन्त्य सम्ममा समन्द्रहरुबाट थप चार प्रतिशतसम्म अक्सिजन हराउने पनि अनुसन्धानले देखाएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्