News , Politics

सर्बोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

Wed Jan 29

काठमाडौं, माघ १५:सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपाका तत्कालिन नेता अग्निप्रसाद सापकोटा विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एक इजलासमा भएको बहसपछि सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । आदेशमा “अग्निप्रसाद सापकोटाले सभामुख पदमा निर्वाचित भई शपथ लिई पदभार ग्रहण गरिसकेको अवस्थामा निजलाई सभामुखको पदमा कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन ।”भनिएको छ । अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख पदमा निर्वाचित नगर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्