Province

सवारी दुर्घटनामा नायिका महिमा सिलवालको मृत्यु

Thu Feb 13

काठमाडौं, फागुन १: पृथ्वी राजमार्गको गजुरी नजिकै भएको सवारी दुर्घटनामा नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका-२, चाम्बासमा बुधवार साँझ नायिका सिलवाल र उनकी बहिनी शर्मिला चढेको स्कुटरलाई बसले ठक्कर दिंदा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल दिदीबहिनी चढेको बा ९८ प ७०५८ नम्बरको स्कुटर गजुरी र मलेखु बीचमा पर्ने चाम्बासमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर घाइते भएकी महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा र शर्मिलाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्