News

साग खेलकुदमा नेपालद्वारा २३ स्वर्ण पदक प्राप्तगरी पदक तालिकामा अग्रता कायमै

Tue Dec 3

काठमाडौं,मङसिर१७: नेपालमा जारी १३औं दक्षिण एशियाली खेलकुदको पहिलो दिनमै १५ स्वर्ण सहित सुखत शुरुवात गरेको नेपालले मगलबार थप ८ स्वर्ण जितको छ । नेपालले पदक तालिकाको श्रीर्ष स्थानमा आफ्नो स्थान कायमै राखेको छ । विशेषगरी मार्सलआर्ट अन्तर्ग रहेका उस्सु, कराते र तेक्वान्दोका नेपापले स्वर्ण पदक जितेको छ । मंगलबार काठमाडौं र पोखरा भएका १५ खेलहरु मध्ये नेपालले उशु कराते दौड तेक्वान्दोमा थप पदक जितेको हो । एथलेटिक्सतर्फ नेपालकी शन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा नेपाललाइ स्वर्ण दिलाएकी हुन । साग खेलकुदको इताहासमा नेपालले महिला एथलेटिक्समा स्वर्ण जितेको यो नै पहिलो हो । यो प्रतिस्पर्धामा भारतले रजत र श्रीलंकाले काँस्य पदक प्राप्त गरेका छन् । यस्तै नेपाले आज उशुमा २ स्वर्ण पदक जितेको छ । विजय सिंजाली र शुस्मिता तामाङले नेपालका लागि उसुको थाउलोमा २ स्वर्ण जितेका हुन । विजयले बंगलादेशका खेलाडीलाइ तथा शुस्मिताले श्रीलंकाका खेलाडीलाइ पराजित गरी स्वर्ण पदक हात पारे । यता कराँतेको पुरुष कुमुतेमा नेपालका नविन रसाइलीले स्वर्ण जितेका छन् । नविनले ६७ केजी समुहमा पाकिस्तानका खेलाडीलाइ पराजित गरी स्वर्ण जितेका हुन । करातेकै कुमिते महिला ६७ केजीमा पनि नेपालले स्वर्ण पदक जितेको छ । नेपालकी सुनिता महर्जनले पाकिस्तानकी खेलाडीलाइ पराजित गरी स्वर्ण जितेकी हुन ।तेक्वान्दोमा पनि आज नेपालले स्वर्ण जितेर पदक तालिमा पदकको सङ्ख्या थपेको छ । नेपालकी काजल श्रेष्ठ ४६ केजी गेरुगिमा पाकिस्तानकी खेलाडिलाइ पराजित गरी स्वर्ण जित्न सफल भइन । तेक्ववान्दोतर्फ पुरुष ६८ केजी मुनि तौल समूहमा नेपालका बीरबहादुर महराले पाकिस्तानका खेलाडीलाई हराएर आफ्नो नाममा एक स्वर्ण बनाएका छन ।
यसै गरी पोखरामा भएको पुरुष दुवाथलोनमा पनि नेपालले स्वर्ण जितेको छ । पोखरामै भएको प्रतिस्पर्धामा नेपालका हिमाल टमाटाले दुवाथलोनमा स्वर्ण जितेका हुन । यस स्पर्धाको रजत पदक पनि नेपालकै लक्ष्मण मल्लले जितेका छन ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्