Business

साताको शेयर बजार: नेप्से घट्यो, कारोवार सामान्य

Fri Feb 14

काठमाडौं, फागुन २: साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३९ अंकले घटेर एक हजार ३४४.५९ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.३२ अंकले घटेर २८४.२४ मा रोकिएको छ । स्टकका अनुसार कूल १७२ कम\पनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर एक अर्ब ७७ करोड ३८ लाख पाँच हजार रुपैयामा खरिदबिक्री भयो ।

कारोवार भएका कूल १२ मध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको छ । कारोवार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रह्यो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्