News

सान्जेन जलविद्युत आयोजनाको निर्माणको काम सुचारु

Sun Apr 5

रसुवा, चैत्र २३ः कोरोना भाइरसको त्रास तथा यसको रोकथाम गर्न सरकारले मुलुकभर लकडाउन (बन्दबन्दी) गरेपछि रोकिएको सान्जेन जलविद्युत आयोजनाको निर्माणको काम सुचारु भएकोे छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ठूला आयोजना तथा उद्योग चलाउन सकिने निर्णय गरेसँगै कामले निरन्तरता पाएको हो । स्थानीय प्रशासन तथा स्थानीय निकायको सहयोग र समन्वयमा ८२.५ सान्जेन तथा १४ .८ को माथिल्लो सान्जेन जल विद्युत आयोजनाका कामहरु सूचारु गरिएको हो ।

आजबाट आयोजनाकै जोखिम कार्यमध्येको पेनस्टक ओईडिङको ब्लाष्टिङ्गको कार्य पनि पुन शुरु गरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताउनुभयो ।

आयोजनामा सिमेन्ट र डन्डी केही दिनलाई मात्र रहेकाले ढुवानी सहजताका लागि सरकारले आपूर्ति व्यवस्था मिलाई दिन अनुरोध गरिएको छ ।

अहिले माथिल्लो सान्जेन र सान्जेन जलबिद्युत दुबै आयोजनामा ३ सय कामदारले काम गरिरहेका छन् । आयोजनाको काम सुरुङभित्र गरिने तथा बस्ती भन्दा केहि टाढा रहेकाले  काम सुचारु भएको श्रेष्ठले बताउनुभयो ।

कामदारको स्वाथ्य परीक्षणका लागि भने आयोजनाले स्थानीय निकाय तथा जिल्ला बिपत ब्यबस्थापन समितीसँग समन्वय गरेर अगाडि बढ्ने अधिकृत श्रेष्ठले बताउनुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्