Business , News

सार्क स्थापनाको ३५ औं बर्षगाँठ मनाइँदै

Sun Dec 8

काठमाडौं, मंसिर २२:दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको ‘दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन’ (सार्क) ले ३५औँ वार्षिकोत्सव मनाउँदैछ । सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा प्रथम सम्मेलन गरी सार्कको यात्रा प्रारम्भ भएको हो । दक्षिण एशियाका आठ मुलुकको साझा सङ्गठनले यहाँका करिब दुई अर्ब जनताको समृद्धिको सपना साकार पार्ने प्रयास गर्दै आएको छ । सार्कमा अफगानिस्तान, बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य छन् । सार्कको कान्छो सदस्य अफगानिस्तान सन् २००७ अप्रिलबाट सार्कको आठौँ सदस्य राष्ट्र बनेको हो । दक्षिण एशियाको समृद्धि र यस भेगका गरीब जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ स्थापना भएको सार्कले केही सदस्य मुलुकका द्विपक्षीय विषयका कारण अपेक्षित गति भने लिन सकेको देखिँदैन । आर्थिक एवं सामाजिक क्षेत्रमा केन्द्रित सार्कले लक्षित उद्देश्य हासिल गर्ने इमान्दार प्रयत्न भने नगरेको होइन । विसं २०७१ मङ्सिर १० र ११ गते काठमाडौँमा आयोजना भएको सार्कको १८औँ शिखर सम्मेलनमा सार्कको १९औँ शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा हुने तय भएको थियो । भारत र पाकिस्तानबीचको आपसी मनमुटावका कारण १९औँ शिखर सम्मेलन अझै हुने निश्चित भइसकेको छैन । शिखर सम्मेलन आयोजनामा विलम्ब भए पनि मन्त्रीस्तरीय बैठक भने भइरहेका छन् । बडापत्रको धारा ३ मा राष्ट्र सरकार प्रमुखको बैठक वर्षमा एकपटक वा सदस्य राष्ट्रहरुले आवश्यक ठानेमा यसभन्दा बढी पटक बस्ने उल्लेख छ । साथै सदस्य राष्ट्रका राष्ट्र सरकारप्रमुखबीच हुने शिखर सम्मेलनमा कुनै राष्ट्रले भाग नलिए त्यस्तो सम्मेलन हुन नसक्ने व्यवस्था बडापत्रमा उल्लेख छ । बितेका ३४ वर्षमा सार्कले सुखदुःखका बेला सदस्य राष्ट्रलाई नजीकमा ल्याउन एबं कृषि, लगानी, व्यापार, यातायात, सञ्चार र जनस्तरको सम्पर्क विस्तारको क्षेत्रमा सह्रानीय काम भने गरेको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्