Others

सार्वजनिक जग्गा संरक्षणमा जुटेका स्थानीय विरुद्ध उजुरी

Sun Jun 21

काठमाडौं, असार ७ः भूमाफिया र जग्गा किनबेचको कारोबार गर्नेहरुले सार्वजनिक जग्गा अतिक्रमण गरेपछि त्यसको विरुद्धमा उत्रिएका स्थानीय विरुद्ध उजुरी दर्ता भएको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा रहेको सार्वजनिक जग्गामा घर संरचना बनाएको विरोधमा गएका स्थानीयहरु माथि जग्गाकारोबारी दुर्गा फुयेलले प्रहरीमा उजुरी दर्ता गराएका हुन । स्थानीयले सामूदायिक भवन बनाउन छुट्याएको जग्गामा फुयेलले पर्खाल लगाएका थिए ।

पटक पटकको ताकेता र अनुरोध पछिपनि सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीय तहले नगरेपछि बूढानीलकण्ठ नगरपालिकाका स्थानीय जनताले केहि समय यता आफैंले संरक्षण अभियान शुरु गरेका छन् । जग्गा प्लटिङ गरी कारोवार गर्नेहरुले सार्वजनिक र पर्ती जग्गा समेत गाभेर बिक्रीवितरण गर्ने क्रम तिब्र हुँदा पनि स्थानीय जनप्रतिनिधिले त्यसलाई रोक्न ठोस पहल नगरेपछि स्थानीय क्लव र सामुहिक संस्था आफैं सक्रिय भएका हुन् ।

स्थानीय सरकार र प्रतिनिधिहरुको वेवास्ताले जग्गा कारोवारीहरुकै संरक्षण भइरहेको भन्दै स्थानीय क्लव र सामुहिक संस्था मिलेर वडा नम्बर १ को सार्वजनिक जग्गामा गैरकानूनी हैसियतमा बनाईएको पर्खाल पनि हटाएका छन् ।

नगरक्षेत्रमा  जग्गाको मूल्याङ्कन बढ्दै गएको अवस्थामा जग्गा कारोवारीहरुले सार्वजनिक जग्गालाई मिच्दै वेचविखन गर्ने क्रम बढ्दै गए पनि स्थानीय सरकार र प्रशासनले कुनै कारबाही नगरेको गुनासो स्थानीयको छ ।

“सार्वजनिक सम्पत्तिको संरक्षणमा उत्रिएका स्थानीय संस्था र क्लवका प्रतिनिधीहरु विरुद्ध फुयेल लगायत कारोबारीहरुले उल्टै धरपकड गरेको” भन्दै स्थानीयले कारबाहीको माग गरेका छन् ।

नगरपालिकाले भने स्थानीय स्तरमा अतिक्रमित सार्वजनिक जमिनको संरक्षण गर्नु सबै नागरिकको कर्तव्य भएको भन्दै त्यसमा सबैको सहयोग आवश्यक भएको बताएको छ ।।

 

 

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्