News , World

सिंगापुर एयरलाइन्सको हालसम्मकै लामो हवाइउडानको सुरुवात

Thu Oct 11

सिंगापुर एयरलाइन्सले हालसम्मकै लामो हवाइउडानको सुरुवात गरेको छ । एयरलाइन्सले सिंगापुरबाट न्युयोर्क सम्मको १५ हजार ३४४ किलोमिटर लामो उडान कहि नरोकि सिधै गर्नेगरी उडान सुरुगरेको हो । उक्त दूरी पार गर्न विमानले लगातार १९ घण्टा उडान गर्ने छ । यो संगै सिंगापुर एयरलाइन्स विश्वमै लामो दूरीको ननस्टप उडान भर्ने विमान कम्पनी बनेको छ । यसअघी कतार एयरवेजले दोहादेखि न्युजिल्याण्डको अकल्याण्डसम्मको दूरीमा सिधा साढे १७ घण्टा उडान गरेको थियो ।

सिंगापुर एयरलाइन्सले यसअघी खर्चिलो भएको भन्दै लामो दूरीको ननस्टप उडान बन्द गराएको थियो । प्राय यात्रुहरुले बीचमा ट्रान्जिटमा बस्नुपर्दा लाग्ने समय र हुने झन्झटबाट पार पाउन सिधा लामो उडान रोज्ने गरेको एयरलाइन्सले बताएको छ । यस पटक पनि बिजनेश क्लासका सबै र इकोनोमि क्लासका अधिकांश टिकट बिक्रि भइसकेको एयरलाइन्सले जनाइएको छ । विमानले उडानका क्रममा यात्रुहरुलाइ दुइपटक खाना र बीचमा पेयपदार्थहरुको व्यवस्था गर्ने जनाएको छ।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्