News

सितापाइला धार्के सडकखण्ड कालोपत्रे गर्ने काम धमाधम

Thu Jun 4

काठमाडौं, जेठ २२: काठमाण्डौको कलंकी थानकोट नागढुंगा र आसपासहुने सवारीजामको समस्या समाधान गर्न सितापाइला धार्के सडकखण्ड कालोपत्रे गर्नेकाम भै रहेको छ । पहिलो चरणको निर्माण काम २३ करोड रुपैया खर्च गर्ने लक्ष्य रहेको छ । बन्दाबन्दी बीचमा पनि काठमाण्डौको सितापाइला धार्के खण्डको सडकमा कालोपत्रे गर्ने काम भै रहेको छ । २१ किलोमिटर सडक मध्ये हाल ९ किलो मिटर खण्ड कालोपत्रे गर्ने काम अगाडी बढाइएको छ ।

११ मिटर फराकिलो  यो सडक काठमाण्डौबाट थानकोट नाका भएर बाहिर जाने सवारी साधनकालागि  उत्तम बैकल्पिक राजमार्ग मानिन्छ  । सडक बिस्तारकालागि स्थानियले करिव ३ अरव रुपैयाको भूमिदान दिएको नागार्जु न नगरपालिकाका प्रमुख मोहन बस्नेतले बताउनु भयो ।

यो सडकले काठमाण्डौ देखि धार्के सम्मको सवारी चाप निकै कम गर्ने प्रदेश सनंसद केशव प्रसाद पोखरेलको भनाइ छ । लामो समय देखी धूँवा र धूलो बाट पिडित रहेका स्थानिय सडक स्तरोन्ती र बिकासले सामाजिक बिकास र मानविय स्वास्थ्यमा ठूलो योगदान पुग्ने बताउछन् । निर्माणाधिन सडकको कुल लागत  २३ करोड रुपैया रहेको छ । निर्माण कार्य ३ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्