News , Province

सिन्धुपाल्चोकमा देखिएको भाइरल नियन्त्रणमा

Fri Feb 14

काठमाडौं, फागुन २: सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को गुम्बा गाउँमा केही दिनदेखि फैलिएको मौसमी रुघाखोकीका बिरामीहरु निको हुँदै गएकाले हालको अवस्था सुधारोन्मुख रहेको छ ।

अस्ति दिनभरिमा एक सयभन्दा बढी बिरामी आएकामा त्यसको तुलनामा हिजो २५ जना मात्र आएको र उनीहरु पनि सामान्य रहेकाले आत्तिनुपर्ने अवस्था नभएको उपचारमा संलग्न डा पिताम्बर खनालले जानकारी दिनुभयो । एकापसमा घर जोडिएको बाक्लो बस्ती रहेको सो गाउँका प्रायः सबैलाई रोग सरेको पाइएकाले त्यसबाट सतर्क रहन माक्स लगाउन र साबुन पानीले हात धुनसमेत सचेत गराइएको डा खनालले वताउनुभयो ।

गुम्बास्थित विद्यालयसमेत बन्द गरिएको छ । दुर्गम गाउँ भएकाले पालिकाले हिजोदेखि औषधिसहितको चिकित्सक टोली प्रभावित क्षेत्रमा पठाएर उपचार गरिरहेको छ । प्रभावित क्षेत्रमा पुगेका वाग्मती प्रदेशस्तरीय जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीले २५ जना विरामीको नमुना सङ्कलन गरी फर्किसकेका छन् ।

सङ्कलित नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरेपछि मात्र रोगको यकिन पहिचान हुने भएकाले चाँडै नै नतिजा आउने जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले बताउनुभयो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्