Politics

सिपी मैनालीको अवस्था खतरामुक्त

Fri Feb 28

काठमाडौं, फागुन १६ः सवारी दुर्घटनामा परी घाइते हुनुभएका नेकपा (माले)का महासचिव सिपी मैनालीको अवस्था खतरामुक्त रहेको छ ।

काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उहाँको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको तर शरीरमा भित्री चोट नभएको जनाइएको छ ।

प्रारम्भिक स्वास्थ्य परीक्षण रिपोर्टमा उहाँको अवस्था सामान्य देखिएको छ ।

झापाबाट काठमाडौँ फर्कदै गर्दा महासचिव मैनाली हिजो बर्दीबास नजिक दुर्घटनामा पर्नुभएको थियो ।

दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते हुनुभएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्