News , Province

सिरहाको गोलबजारमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना

Sun Jan 19

काठमाडौं, माघ ०५:पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिकfस्थित पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुुई जनाको मृत्यु छ । दुर्घटनामा परि  पाँच घाइते भएका छन् ।  ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरमा रहेका सिरहा लहानका २१ वर्षीय सन्तोषकुमार यादव र  धनगढी नगरपालिकाका २२ वर्षीय श्रीप्रसाद मण्डलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना परि घाइते भएकाहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  बाख्रालाई जोगाउने क्रममा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटनामा परेको स्थानीयवासीले बताएका छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्