World

सिरियाको हवाइ कारबाहीमा २२ टर्कीस् सैनिक मारिए

Fri Feb 28

काठमाडौं, फागुन १६ः सिरियाको इदलिव शहरमा त्यहाँको सरकारी सेनाले गरेको हवाइ कारबाहीमा २२ जना टर्कीस् सैनिकको मृत्यु भएको छ ।

देशको उत्तर-पश्चिममा रहेको शहरमा गराएको हवाइ कारबाहीमा त्यहाँ तैनाथ रहेका आफ्ना कयौं सैनिक पनि घाइते भएको टर्कीले बताएको छ । आक्रमण पछि टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले उच्च सुरक्षा अधिकारीहरुको बैठक डाक्नु भएको छ ।

टर्कीको समर्थन पाएको विद्रोहीहरुको समूहको नियन्त्रणमा रहेको इदलिव प्रान्तलाई उनीहरुको नियन्त्रणबाट मुक्त गर्न रुसलेसिरियाली सरकारी सेनालाई सहयोग गरिरहेको छ ।

आक्रमण लगत्तै टर्कीका राष्ट्रपतिएर्डोगानलेसिरियालाई टर्कीस सेना रहेको क्षेत्रबाट पछि हट्न भन्दै नहटेमा आक्रमण गर्ने चेतावनी दिनुभएको छ । तर सिरियाले भने दुई बर्ष अघी भएको सहमति अनुसार त्यस क्षेत्रमा युद्धविराम लागू गर्नुपर्ने र टर्कीले त्यसको उलङ्घन गर्न नहुने अडान दोहोर्याएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्