Business , News

सिलगढी -झिग्राना सडकखण्ड कालोपत्रे हुने

Thu Sep 5

काठमाडौं, भाद्र १९: डोटीको खप्तड क्षेत्रसम्म जोड्ने सिलगढी -झिग्राना सडकखण्ड कालोपत्रे हुने भएको छ । ३८ करोड रुपैँयाको लागतमा १५ दशमलब ६ किलोमिटर सडक कालोपत्रे गर्न  ठेक्का सम्झौता भैसकेको छ । २ प्याकेजमा ठेक्का सम्झौता गरिएको र अब तुरुन्तै काम सुरु हुने भौतिक पुर्बाधार बिकास मन्त्रालयले जनाएको छ । सरकारले घोषणा गरेको देशभरका एकसय पर्यटकीय गन्तव्यको सुचीमा खप्तड पनि पर्दछ । सीएबी कन्स्ट्रक्सन प्रा लिले निर्माण गर्ने जिम्मा लिएको सडक आगामी ३ बर्षमा सम्पन्न गर्ने गरि भाद्र महिनाबाट काम शुरु गरिने जनाइएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्