Featured

सीमामा भारतीय बलमिच्याँईं विरुद्ध लड्न नेपालसंग छ यथेष्ठ प्रमाण

Sat May 23

काठमाडौं, जेठ १०ः नेपालको अद्याबधिक नक्शामा समेटिएका लिम्पियाधुरा लगायतका भूभागहरु नेपालकै भूभाग भएको यथेष्ट प्रमाणहरु नेपालसंग सुरक्षित रहेको पाइएको छ । ति दस्तावेजहरु नेपालको भूमि हो भन्ने प्रमाणित गर्न पर्याप्त आधारहरु भएको बिज्ञहरुको भनाई छ ।

प्राप्त तथ्य र प्रमाणहरुले सन् १८१७ मै सीमा बिबाद टुंगीसकेको देखाएका छन् । सन १८१६ मार्च ४ मा नेपाल सरकार र तत्कालिन इष्ट इण्डिया कम्पनीवीच भएको सुगौली सन्धि र सन् १८१६ डिसेम्बरको पूरक सन्धीमै सो भूभाग नेपालको भएको स्पष्ट रुपमा उल्लेख छ । त्यसै वर्ष तत्कालीन इष्ट इण्डिया कम्पनीका गभर्नरले बेलायतमा पठाएको पत्रमा काली नदीलाई सीमा मान्नुपर्छ भन्ने कुरा स्पष्ट संग लेखिएको छ । यसैगरी सुगौली सन्धीपछि गुन्जी, नाभी, कुटीका जनताले दिएको निवेदनको जवाफमा नयाँ दिल्ली स्थित तत्कालीन मुख्य सचिव जोड एडमले ति गाँउहरु कालीनदी पूर्व भएकाले नेपाल सरकारलाई हस्तान्तरण गर्नु भनेर कुमाउका कमिशनरलाई दिएको निर्देशन पनि त्यो बेलै सीमा बिबाद समाधान भैसकेको भरपर्दो प्रमाण भएको नदी जल विज्ञान बिज्ञ डा जगत कुमार भुषाल बताउनुहुन्छ ।

इष्ट इण्डिया कम्पनीले १८१६ मा प्रकाशित गरेको नक्शामै काली नदीलाई सीमा कायम गरिएको छ । यसैगरी १८५६ सम्म लिम्पियाधुराबाट आएको नदीलाई काली भनेर लेखिएका नक्शाहरु समेत प्रकाशित भएको नदी जल विज्ञान बिज्ञ डा भुषालको भनाइ छ ।

सुगौली सन्धीमा भारतसंगको नेपालको सीमाना काली नदी भन्ने उल्लेख गरिएको छ । सन्धीमा ठाँउ किटान नभएर नदीको नाम मात्र समावेश गरिएको छ । ठाँउ एकीन नगरी नदीको नाम मात्र उल्लेख गरिएको अबस्थामा नदीको उद्गम स्थल सम्मै सीमाना कायम हुने अन्तर्राष्ट्रिय मान्यता भएको बिज्ञहरु बताउछन् । यो १८३३ मै पूर्वमा मेचीको मूलधार छुट्याउन प्रतिपादित सिध्दान्त पनि हो । त्यो बेला नदीको गहिराइ र लम्बाइको आधारमा मेचीको मूलधार छुट्टाएर इलामको श्री अन्तु नेपालमा परेको बिज्ञहरुको भनाई छ ।

लिम्पियाधुरा नेपालकै भूभाग हो भन्ने पुष्टि गर्नका लागि सरकारले प्रमाणका रुपमा ऐतिहासिक कागजपत्र संगै विभिन्न पुराना नक्सासमेत संकलन गरेको छ । ति दस्तावेजहरु नेपालको भूमि हो भन्ने प्रमाणित गर्न पर्याप्त आधारहरु भएको बिज्ञहरुको भनाई छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्