News

सीमा क्षेत्रका होल्डिङ सेन्टरमा समस्या बढ्दै

Sun Jun 7

झापा, जेठ २५ः सरकारले तोकेको २० वटा प्रवेश विन्दुअन्तर्गत पूर्वी नेपालको झापाको काँकडभिट्टा नाका भएर एकै दिनमा हजार भन्दा धेरैको संख्यामा मानिसको आवातजावत हुन थालेपछि खानाको व्यवस्थापनमा समस्या हुन थालेको छ ।

नेपाल र भारत प्रवेश गर्ने अधिक हुन थाले पछि सीमामा राख्ने देखि खाना खुवाउने कार्यमा समेत समस्या हुन थालेको मेचीनगर होटल व्यवसायी संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताउनु भयो ।

पछिल्लो समय काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने दैनिक ढेड सय देखि ३ सय हाराहारीमा रहेका छन् । तर भारत प्रवेश गर्नेहरु भने एकै दिनमा हजार भन्दा धेरै भेला हुन थालेका छन् । तथापि होटल व्यवसायी संघको अगुवाईमा खाना खुवाउने कार्यले भोकाहरुलाई ठूलो राहत मिलेको उनीहरुले बताएका छन् ।

भारतबाट आउने सबैलाई भाइरस परिक्षण संभव नभएपछि अवस्था हेरेर परिक्षण गर्न थालिएको छ । चेकजाँच सामाग्रीको अभाव हुन थालेपछि सम्बन्धित जिल्ला र स्थानीय तहमा क्वारेन्टाइनमा बस्ने गरी होल्डिङ्ग गरेर पठाउने गरेको जिल्ला प्रसाशन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनु भयो ।

पछिल्लो समय भारत तथा नेपालमा समेत केही खुकुलो बन्दै गएको लकडाउनले सीमा क्षेत्रमा मानिसको आवात जावात समेत बढेको छ । बढ्दो भीडमा सरकारले भाइरस संक्रमण रोकथाम गर्न गरेका काम कार्वाही प्रति सवैले पालना र सहयोग गर्नु नै उत्तम हुने सामाजिक अगुवाहरु बताउँछन् ।-

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्