News

सीमा क्षेत्रमा अलपत्र परेकाहरुलाइ सरकारले उद्धार गरी क्‍वारेण्टाइनमा राख्‍ने

Wed Mar 25

काठमाडौं, चैत्र १२ः भारततर्फबाट आएर सीमा क्षेत्रमा अलपत्र परेकाहरुलाइ सरकारले उद्धार गरी क्वारेण्टाइनमा राख्ने भएको छ । नेपाल भारतको विभिन्न सीमानाकासम्म आएर रोकिएकाहरुलाइ उद्धार गरिने भएको हो ।

यसक्रममा भारतबाट आएर विराटनगरमा अलपत्र परेका ३९ जनालाई मोरङको लेटाङस्थित क्वारेण्टाइनमा लगिने भएको छ । विभिन्न साधन प्रयोग गरेर नेपाली सिमासम्म आएका २७ जना जोगबनी सिमानाकामा अलपत्र परेका छन् ।

सोमवार नै नेपाल भित्रिएका १२ जना भने सवारी साधन नपाएपछि विराटनगर बसपार्कमा अलपत्र परेका छन् । उनीहरुलाई सिमानाकामा खटिएका स्वास्थ्यकर्मीहरुले चाउचाउ र भुजा खान दिएका थिए ।

सरकारले मंगलबारसम्म सिमानाकामा आएकालाई क्वारेण्टाइनमा बस्नेगरी नेपाल भित्रिन दिने निर्णय रेपछि उनीहरुले राहत पाएका छन् । भारतबाट आएर अलपत्र परेकामा खोटाङ, कैलाली, उदयपुर र मोरङका नागरिक रहेका छन् ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्