Business , News

सुकम्बासीको नाममा बाग्मती अतिक्रमण

Sun Dec 8

काठमाडौं, मंसिर २२:काठमाण्डौको थापाथलीस्थित संयुक्त राष्ट्र सङ्घ युएन स्तम्भ क्षेत्रमा रहेको वाग्मती नदी किनारको सबैजसो जग्गा सुकुम्बासीका नाममा अतिक्रमण भएको छ । वाग्मती सफाइ महाअभियानको ३४३औँ हप्ताका क्रममा धेरै टहरा बनाएर नदी किनारको जग्गा अतिक्रमण गरेको भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो । एउटै व्यक्तिका पाँचवटासम्म टहरा भेटिएको र नदी किनारको जग्गा अतिक्रमण गरी टहरा बनाएर भाडामा लगाउने गरेको पाइएको छ । सफाइका क्रममा अभियानकर्मीले तरकारीबारीमा लगाएको बार भत्काएर बालिदिएका छन् । नदी किनारको खाली जमीन जति अतिक्रमण गरी बसेको समूहले फोहर जति वाग्मतीमा मिसाउँदा नदी झनै प्रदुषित हुने गरेको छ । लामो समयदेखि सुकुम्बासीका नाममा नदी किनार अतिक्रमण गरेर बस्नेलाई सरकारले हटाउन नसक्दा पनि नदी सफाइले मूर्त रुप लिन नसकेको अभियानकर्मीको भनाइ छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्