News

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या शून्य

Fri May 22

काठमाडौं, जेठ ९ः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । पछिल्ला ३५ दिनयता प्रदेशमा कोरोना भाइरस संक्रमित फेला परेका छैनन् । देशका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता कोभिड–१९ का संक्रमितको सङ्ख्या दिनहुँ बढी रहे पनि सुदूरपश्चिममा भने सो अवधिमा संक्रमित फेला नपरेका क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

संक्रमित फेला नपरे पनि पछिल्लो समय भारतबाट सुदूरपश्चिमका विभिन्न नाकाबाट भित्रिन लागेका नागरिकका कारण कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

कैलाली, कञ्चनपुर, दार्चुला र बैतडी नाकाबाट नागरिक भित्रिन थालेपछि सिङ्गो प्रदेश कोरोनाको उच्च जोखिममा छ । प्रदेशमा गत चैत १४ गते कोरोना भाइरस संक्रमणको पहिलो घटना फेला परेको थियो ।

त्यसपछि पाँच जना कोरोना संक्रमित देखिएकामा सबै निको भएर घर फर्किसकेका कारण सुदूरपश्चिममा कोरोना संक्रमितको सङ्ख्या शून्य भएको क्षेत्रीय स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताउनुभयो । कोरोना संक्रमितको उपचारका लागि त्यहाँको सेती प्रादेशिक अस्पताल कैलालीलाई कोरोना ‘डेडिकेटेड’ अस्पतालका रुपमा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्