Province

सुनसान राजमार्गमा शारीरिक व्यायम गर्नेहरुको भीड

Sun May 17

स्याङ्जा, जेठ ४ः लकडाउनले शहर बजारमा मात्रा होइन सडक पनि सुनशान बनेको छ । यही सुनसान सडक अन्तर्गत स्याङजाको सिद्धार्थ राजमार्गमा शारीरीक व्यायम गर्ने संस्कारको भने बिकास हुन थालेको छ । अहिले सबेरै उठेर शारीरीक व्यायम गर्ने स्थानियको घुइँचो राजमार्गमा देखिन थालेको हो ।

यहाँका स्थानियहरुले सुनसान बनेको सिद्धार्थ राजमार्गलाइ शारीरिक व्यायमको बैकल्पिक माध्याम बनाएका छन् । बिशेषगरी गल्याङ नगरपालिका भित्र रहेको मुडकील्ला , तुलसीभञ्याङ , करादी र चिउरीमा सबेरै देखी व्यायम गर्नेको भिडभाड लाग्ने गरेको हो ।

लकडाउनको कारण खाने र घरमा बस्ने मात्र काम भएकोले स्वास्थ्यमा आउन सक्ने समस्यालाइ निराकरण गर्न नियमीत शारीरीक व्यायम गर्ने अभियानमा लागेको स्थानियहरुको भनाइ छ ।

अहिले बिहानैदेखी राजमार्गको छेउछाउमा रहेका कल्बर्ड र सडकलाइ व्यायम गर्ने स्रोतसाधनको रुपमा प्रयोग गर्न थालिएको छ । यो अभियानलाइ निरन्तरता दिनसके स्वास्थ्य समाजको निर्माण हुनेमा कुनै दुइमत छैन ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्