Business , News

सौराहामा पर्यटकको चहलपहल

Sun Oct 20

काठमाडौं, कार्तिक ३:दशैँअघि सुनसान जस्तै बनेको चितवनको सौराहामा पर्यटकको चहलपहल शुरु भएको छ ।   पछिल्लो समय चितवनमा देखिएको डेङ्गुको प्रकोप र काठमाडौँबाट चितवन भित्रिने सडकको दुरावस्थाका कारण पर्यटकको चहलपहल घटेको हो । विगतका वर्षमा दशैँअघिदेखि नै पर्यटकको भीडभाड हुनेगरेकोमा यसपटक ढिला गरी पर्यटकको चहलपहल शुरु भएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो । केही वर्षयता आन्तरिक पर्यटककै भरमा सौराहाको पर्यटन व्यवसाय चलेको छ । विगत वर्षमा हिजोआजको मौसममा सौराहामा दैनिक १ हजार पर्यटक आउने गरेकामा हिजोआज दैनिक करिब २ सय पर्यटक पुग्ने गरेका छन । साना, ठूला १५० होटल र ८० रेष्टुरेन्ट रहेको सौराहामा सात हजार पर्यटक अट्ने क्षमता रहेको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्