Politics

स्थानीय तहलाई रु १३ करोड उपलब्ध गराउने कर्णाली प्रदेश सरकारको निर्णय

Wed Apr 8

काठमाडौं, चैत्र २६ः कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ७९ स्थानीय तहलाई १३ करोड २० लाख रुपैया सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट स्थानीय तहले खडा गरेको विपद् व्यवस्थापन कोषमा सो रकम उपलब्ध गराउने निर्णय भएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिनुभयो ।

बैठकले प्रदेश कोषबाट वीरेन्द्रनगर नगरपालिकालाई ३० लाख, २४ नगरपालिकालाई २० लाख र गाउँपालिकालाई १५ लाख रुपैयाका दरले सम्बन्धित स्थानीय तहको विपद व्यवस्थापन कोषमा उपलब्ध गर्ने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री केसीले बताउनुभयो ।

त्यस्तै, देश एवं प्रदेश बाहिर अलपत्र परेका कर्णालीवासी नागरिकको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरण गर्न सङ्घीय सरकारद्वारा गरिएको लकडाउन थप गर्ने निर्णयलाई कडाइपूर्वक कार्यान्वयन गर्ने गराउने निर्णय पनि भएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्