News , World

स्पेनको क्याट्लोनिया स्वतन्त्रताको पक्षमा शुरु आन्दोलनको एक बर्ष पुरा

Wed Sep 12

क्याट्लोनिया राज्यको स्वतन्त्रताको पक्षमा स्पेनको बार्षिलोनामा बिशाल प्रदर्शन गरिएको छ । क्याट्लोनियाको स्वतन्त्रताको पक्षमा गत वर्ष भएको आन्दोलनको बार्षिक दिन पारेर प्रदर्शन गरिएको हो । रातो टिशर्ट लगाएका प्रदर्शनकारीहरुले क्याट्लोनियाको झण्डा लिंदै सडकमा ड्रम र सिठी बजाएर प्रदर्शन गरेका छन् । क्याट्लोनियाको स्वतन्त्रताको नेतृत्व गरेका तर असफल भएपछि बेल्जियम निर्वासनमा रहेका क्वीम टोरा र कार्ल्स पुज्मोण्डले जनतालाइ स्वतन्त्रताको पक्षमा निरन्तर आन्दोलन गर्न आग्रह गरेका छन् । टोराले आन्दोलन अविछिन्न हुने बताएका छन् । प्रदर्शनकारीहरुले निर्वासन र गत वर्षको आन्दोलनमा पक्राउ परेकाहरुको रिहाइको माग पनि गरेका छन् ।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्