Sports

स्पेनिश लिग ला लिगाः बार्सिलोना तालिकाको दोस्रो स्थानमा

Wed Jul 1

काठमाडौं, असार १७ः स्पेनिश फुटबल लिग ला लिगाअन्तर्गत बार्सिलोना र एथ्लेटिको मड्रिडबीच हिजो भएको खेल २-२ को बराबरीमा सकिएको छ ।

एघारौँ मिनेटमा प्रतिद्वन्दी टोली एथ्लेटिकोका डिएगो कोस्टाले आत्मघाती गोल प्रहार गरेपछि बार्सिलोनाले १-० को अग्रता लिएको थियो । तर खेलको १९ ‌औँ मिनेटमा साउल निगेजले गोल गरेपछि खेल १-१ को स्थितिमा पुगेको थियो ।

दोस्रो हाफको ५० औँ मिनेटमा आफ्नो खेल करिअरकै ७०० औँ गोल गर्दै बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले आफ्नो क्लबलाई २-१ को अग्रता दिलाएका थिए ।

पेनाल्टीमार्फत् मेसीले उत्कृष्ट गोल प्रहार गरेपनि उक्त गोलले उनको क्लबलाई विजयी बनाउन भने सकेन । एथ्लेटिकोको लागि ६२ ‌औँ मिनेटमा निगेजले पुनः गोल गरेपछि खेल २-२ को बराबरी पुगेको थियो ।

उपाधि दाबेदारका रूपमा हेरिएको बार्सिलोना ७० अंकका साथ खेल तालिकाको दोस्रो स्थानमा छ भने एथ्लेटिको ५९ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको साथ रियाल मड्रिडले ७१ अंक जोडेको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्