Business , News

हावाहुरीका कारण अष्ट्रेलियामा आगो निभाउन थप कठिन

Sun Jan 5

काठमाडौं, पुष २०:अस्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रमा लागेको बन डडेलो नियन्त्रणका लागि खटिएका अग्नी नियन्त्रकहरुलाई तीब्र गतिको हावाहुरीले दिशा परिवर्तन गरेपछि आगलागी नियन्त्रणमा निकै समस्या भएको छ । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा दक्षिणतर्फबाट एक्कासी १२८ किलोमिटर प्रति घन्टाको बेगमा शक्तिशाली हुन्डरी चलेपछि डडेलो अझ तेज गतिमा फैलिएर नियन्त्रण बाहिर गएको छ । अस्टेलियाकै अर्को डडेलो प्रभावित राज्य भिक्टोरियामा डडेलोमा फसेकाहरुलाई सुरक्षित स्थानमा सार्नका लागि सेनाको हेलिकप्टर प्रयोग गरिएको छ । गत सेप्टेम्बरदेखि हालसम्म अस्ट्रेलियामा डडेलमा परी २३ जनाको मृत्यु भइसकेको छ । डडेलोका कारण १२ सयभन्दा बढी घरहरु जलेर नष्ट भएका छन् भने लाखौं हेक्टरमा फैलिएको बन जलेर खरानी भएको छ । डडेलोका कारण न्यु साउथ वेल्स राज्य सबैभन्दा बढी प्रभावित भएको छ । साथै सो राज्यको आसपासका राज्यहरुमा पनि क्षति पुगेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगलागी नियन्त्रणका लागि थप ३ हजार सेना परिचालन गरिने बताउनु भएको छ । आगलागी नियन्त्रणका लागि स्थल, हवाई र जल मार्गबाट सुरक्षाकर्मी परिचालन गरिएको बताउनु भयो । प्रधानमन्त्री मोरिसन आपतकालिन परिस्थितिलाई नियन्त्रण गर्न गम्भीर नदेखिएको भन्दै आलोचित हुनुहुन्छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्