Province

हुम्लाको प्रसिद्ध धार्मिक पर्यटकीय रलिलङ्ग गोम्बा ओझेलमा

Sun Jun 7

हुम्ला, जेठ २५ः नेपाली साहित्यको लिखित ऐतिहासिक प्रमाण ताम्रपत्र फेला परेको हुम्लाको प्रसिद्ध ऐतिहाँसिक र धार्मिक पर्यटकीय रलिलङ्ग गोम्बा पछिल्लो समय ओझेलमा परेको छ ।

चीनको प्रसिद्ध मानसरोवर जस्तै महत्व रलिङ्ग गुम्बाको पनि रहेको जानकारहरुको भनाई छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको पवित्रस्थलका रुपमा यस स्थानलाई लिन सकिने स्थानीय छिरिङ्ग लामाको भनाई छ ।

यो बर्ष पनि जेठ पुर्णिमा मनाएका हुम्लीवासीले यसको पबर्द्धन हुनुपर्नेमा जोड दिएका छन । चार हजार मिटर अग्लो स्थानमा रहेको गुम्बामा प्रचिनकालमा जुम्लाका राजा अशोक मल्लको पालामा लिखित ताम्रपत्र यो गुम्बामा भेटिएको छ।

सयौँ बर्ष पुरानो भगवान गौतम वुद्धको मुर्ती, गुफा, गुफाको भित्तामा रहेका मानिसका आकृति, चौरी, कुकुर, भेडा तथा अन्य पशुको आकृति फेला पर्नु यो गुम्बाको मुख्य आकर्षण हो ।

जेठ पुर्णिमा विधि पुर्वक मनाउनाले वौद्ध तथा हिन्दु धर्मावम्वीहरुले सन्तान प्राप्ती हुने र नराम्रो ग्रह दशा हट्ने विस्वास रहेको स्थानीय सोनाम छेजुङ्ग लामाले बताउनुभयो ।बौद्ध धर्मावलम्बीले बुद्ध र हिन्दुले शिवको पुजा एकै ठाउँमा गर्ने गर्दछन । हुम्ला जिल्ला पर्यटकीय सम्भावना बोकेका जिल्ला भएता पनि प्रचारप्रसारको अभावले ओझेलमा परेको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्