News

हुवेईमा रहेका नेपाली ल्याउन आज वाइड वडी चीन जादै

Sat Feb 15

काठमाडौं, फागुन ३: कोरोना भाइरसबाट प्रभावित चीनको हुवेई प्रान्तबाट करिव १८० जना नेपालीलाई  लिन नेपाल एयरलाइन्सको जहाज आज त्यसतर्फ जाँदैछ ।

हुवेई प्रान्तको विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई लिन निगमको वाइडबडी जहाज आज अपरान्ह चीन पठाउन लागिएको हो । स्वदेश फर्कन चाहने नेपालीलाई निगमको जहाजमार्फत ल्याउने व्यवस्था मिलाइएको हो । नेपाली लिएर जहाज भोलि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन । चीनबाट फर्काइएका विद्यार्थीलाई १४ दिनमा क्वारेन्टाइनमा राखिनेछ ।

त्यसका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईटा भवन तयारी अवस्थामा राखिएको छ । १४ दिनसम्मको परीक्षणमा  कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्