Province

हेटौँडा-कुलेखानी हुँदै काठमाडौँ जाने सडक बन्द

Fri Jun 26

मकवानपुर, असार १२ः हेटौँडा कुलेखानी हुँदै काठमाडौं जाने सडकको यातायात आवागमन बन्द गरिएको छ ।

वाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सो सडकखण्डमा बन्द भएको जनाएको छ ।

हाल सो सडक खण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिका काम जारी रहेको छ । मन्त्रालयले त्रिभुवन राजपथ र नौबिस मुग्लिन राजमार्ग प्रयोग गर्न अनुरोध समेत गरेको छ ।- (रासस)

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्