Business , News

हेटौंडामा सडक फराकिलो बनाउने काम शुरु

Wed Jul 10

काठमाडौं, असार २५:प्रदेश ३ को राजधानी हेटौडामा निकै विवादीत बनेको २५ मिटर सडक फराकिलो बनाउने अभियान पुनः शुरु भएको छ । मकवानपुरको लोथरबाट शुरु गरिएको सडक विस्तारको काम अव नरोकिने डिभिजन कार्यालय हेटौँडाले जनाएको छ । तर मु आब्जाको विषयमा कुनैपनि निर्णय नभएको डिभिजन कार्यालयको भनाइ छ । मुख्य बजार क्षेत्रका ३ सय भन्दा धेरै घरधनीले अदालतको अन्तरिम आदेश लिएकोले कानुन व्यावसायीसंग छलफल भैरहेको डिभिजन कार्यालयका सूचना अधिकारीले जनाएका छन् । अदालतको आदेश भएका बाहेक अन्य घरहरुमा डोजर चल्ने पनि डिभिजन सडक कार्यालय मकवानपुरले जनाएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्