Province

हेलिकप्टरबाट सुत्केरीको उद्धार

Sun Apr 5

डोल्पा,चैत्र २३ः डोल्पाबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
ठुलिभेरी नगरपालिका वडा नं ७ बस्ने २३ बर्षिया शान्ति बुढाको आइतबार सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

जिल्ला अस्पतालमा गत शुक्रबार मात्रै सफल अप्रेसन गरिएको तर स्वास्थ्यमा समस्या देखिएपछि आइतबार सेनाको हेलिकप्टरबाट थप उपचारका लागि नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेजमा लगिएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

संघिय सरकारको महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धारको कोषमार्फत सुत्केरीको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले बताउनुभयो । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्