News

होमस्टे सुनशानः लकडाउनपछि पर्यटक प्रर्बद्धन गर्न स्थानीयको श्रमदान

Sun Jun 7

स्याङ्जा, जेठ २५ः स्याङजाको वालिङस्थित दाङसिङ्गका गाउँबासीनै बिकाश निर्माण गर्न सामुहिक श्रमदानमा जुटेका छन् । उनीहरुले सञ्चालन गरेको दाङसिङ्ग सामुदायीक होमस्टे लकडाउनको कारण सुनशान बनेपछि लकडाउनपछि पर्यटक प्रर्बद्धन गर्न पैदल मार्ग निर्माणका लागि गाउँका युवाहरुनै लागेका छन् ।

उनीहरु गैँटी र कोदालो लिएर बिकाश निर्माणमा सामुहिक श्रमदान गरिरहेका छन् । दाङसिङ्ग सामुदायिक होमस्टे लकडाउनको कारण सुनशान बनेपछी फुर्सदिला स्थानीय लकडाउन पश्चात पाहुनालाइ थप मनोरञ्जन प्रदान गर्न पैदल मार्ग निर्माणमा जुटेका हुन् ।

होमस्टे प्रर्बद्धन गर्ने उदेश्यले निर्माणधिन रकगार्डेन र थामडाँडा भ्यूटावरसम्म यात्रा गर्न सकिने करिब १ किलोमिटर पैदलमार्ग निर्माण गर्न सामुहिक श्रमदानमा स्थानीय जुटेका हुन् । लकडाउनको समयमा गाउँका पुरुष तथा युवाहरु यो अभियनामा सकृय रहेका दाङसिङ्गबासीको भनाइ छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत प्राप्त भएको २ लाख रकम पर्याप्त नभएपछि गाउँका २५ घरधुरीका युवाहरु गैँटी र कोदालो लिएर पैदलमार्ग निर्माण गर्न अहोरात्र खटिने गरेको वडा अध्यक्ष अनन्तराज गैह्रेले बताउनुभयो ।

मगर समुदायको बस्ती रहेको यस श्रेत्रमा वालिङबजार, कालिगण्डकी र आँधिखोलाको बहाव सबैभन्दा लामो दुरीसम्म देख्न सकिनेछ । लकडाउनपछि आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने उनीहरुको अभियानले सफलता पाउने विश्वास गरिएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्