Province

२० थान भरुवा बन्दुक र तीन थान घोरलको छाला बरामद

Sun May 24

डोल्पा, जेठ ११ः डोल्पाको शे–फोक्सुण्डो निकुञ्जको गस्ती टोलीले बिस थान भरुवा बन्दुक र तीन थान घोरलको छाला बरामद गरेको छ ।

निकुञ्ज क्षेत्रभित्र हुने अवैध चोरी शिकार रोक्न अप्रेशन नै चलाएर हात हतियार खोजी गर्न सुरु गरेपछि बिस थान भरुवा बन्दुक,एक थान नाल र तीन थान घोरलको छाला बेवारिसे रुपमा फालिएको अवस्थामा बरामद गरिएको हो ।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने रुम,रसी र ठुलिभेरी नगरपालिकामा पर्ने परिला र रहबाट भरुवा बन्दुक, नाल र घोरलको छाला बरामद गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिनुभयो ।

बरामद गरिएका भरुवा बन्दुक र छाला निकुञ्ज कार्यालय सुलिगार्डमा राखिएको छ । निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीहरु सहभागी भै दिनसम्म अप्रेशन नै चलायर हात हतियार खोजी सुरु गरिएको थियो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्