News

३० लाख बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप

Fri Feb 14

काठमाडौं, फागुन २: ९ महिनादेखि ५ वर्षमुनिका करिब ३० लाख बालबालिकालाई दिइने दादुरा र रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले स्वास्थ्य स्वयंसेविकालाई खोप हस्तान्तरण गरि अभियानको शुभारम्भ गर्नुभएको हो ।

पहिलो चरणमा फागुन ३० गतेसम्म एक महिना र दोस्रो चरणमा चैत एक गतेदेखि ३० गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको परिवार कल्याण महाशाखाले जनाएको छ ।

पहिलो चरणमा फागुन महिनाभर प्रदेश १,२ र ५ का ३४ जिल्लामा र दोस्रो बाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लामा चैत महिनाभर दादुरा रुबेला खोप अभियान सञ्चालन हुनेछ । यस्तै तराईका १९ जिल्लाहरुमा ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा समेत खुवाइने महाशाखाले जनाएको छ ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री रावतले खोप अभियान लक्षित वर्गसम्म पुराउनका लागि इमान्दारिताका साथ काम गर्न कर्मचारीहरुलाई अनुरोध गर्नुभयो ।

खोप अभियानमा ९ हजार स्वास्थ्यकर्मी र १ लाख स्वायंसेवक परिचालन हुने र ४९ हजार खोप केन्द्र स्थापना गर्ने मन्त्रालयले जनाएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्