News , Province

भेरी–बबई डाइर्भसन आयोजनाको सुरुङ हस्तान्तरणको तयारी

Wed Feb 26

काठमाडौं फागुन १४ः ‘राष्ट्रिय गौरव’को ‘नमूना आयोजना’भेरी–बबई डाइर्भसन आयोजनाको सुरुङ हस्तान्तरणको तयारी शुरु भएको छ ।

सुरुङ निर्माण पूरा भएको एक वर्षपछि हस्तान्तरणको तयारी गरिएको हो । सुरुङको निकास तथा प्रदेशद्वार क्षेत्रमा बायो इञ्जिनीयरिङ कार्य सम्पन्न गर्न बाँकी रहेकाले निर्माण कम्पनीलाई सुरुङ हस्तान्तरण गर्न अव करिब डेढ महिना लाग्ने छ ।

गत वर्ष चैतमा सुरुङ निर्माण कार्य सम्पन्न भएको थियो । आयोजनाका अनुसार हाल सुरुङ फिनिसिङको कार्य पनि पूरा भएको छ । आयोजनाको दोस्रो चरणको ठेक्का अन्तर्गत बाँध र विद्युत् गृह निर्माण कार्य पनि शुरु भइसकेको छ ।

आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९/०८० सम्म सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाबाट ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत ४८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ ।

यसैगरी बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइने छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्