Featured

निजी क्षेत्रको भ्रष्टाचार हेर्न अख्तियार आवश्यक छैनः प्रधानमन्त्री

Mon Jun 29

काठमाडौं, असार १५ः प्रधानमन्त्री के पी शर्मा ओलीले निजी उद्योग ब्यवसायहरुलाई नियमन गर्ने बिभिन्न निकायहरु रहेको हुँदा यस क्षेत्रको अनियमितता र भ्रष्टाचार हेर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाल आवश्यक नरहेको बताउनु भएको छ ।

नेपाल उद्योग परिसँघको काठ्माण्डौंमा जारी १७औं बार्षिक साधारणसभालाइ भर्च्युअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीबाट उत्पन्न समस्या साझा भएको र यसको समाधान पनि साझा प्रयासबाट सम्भव हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कोभिड-१९ का कारण बैदेशिक रोजगारीबाट फर्केका लाखौं युवायुवतीहरुका लागि रोजगारीका अवसर सृजना गर्नुपर्ने आवश्यकता पैदा भएको बताउनुभएको छ ।

उहाँले कोरोना भाइरस महामारीका कारण अर्थतन्त्र स्वास्थ्य शिक्षा लगायत राष्ट्रिय जीवनका बिभिन्न पक्षमा परेका प्रभावहरु कम गर्न सरकार प्रयासरत रहेको पनि उल्लेख गर्नुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्