World

इरानको तेहरानमा ग्यास चुहावटका कारण विस्फोटः १९ जनाको मृत्यु

Wed Jul 1

काठमाडौं, असार १७ः इरानको राजधानी तेहरानमा एउटा मेडिकल क्लनिकमा ग्यास चुहावटका कारण विस्फोट भएपछि कम्तीमा १९ जनाको ज्यान गएको छ ।

सरकारी अधिकारीरूले सुरूमा १३ जनाको मृत्यु भएको जनाएका थिए तर अग्निनियन्त्रण विभागका प्रवक्ता जलाल मालेकीले १९ जनाको मृत्यु भएको पुष्टि गर्नुभएको हो ।

इरानी सरकारी संचारमाध्यका अनुसार मृत्यु हुनेमा १५ महिला र ४ पुरुष रहेका छन् । अग्ननियन्त्रकहरूले अन्य २० जनाको जीवितै उद्दार गर्न सफल भएका थिए । क्लिनिकको भवनमा रहेका मेडिकल ग्यास ट्यांकहरूबाट चुहावट भएपछि विस्फोटन हुनुका साथै आगो पनि सल्किएको समाचारमा जनाइएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्