News

राष्ट्रनिर्माणको अभिभारा र अवसरलाई उपयोग गरौँः प्रम ओली | Wed Jan 29

काठमाडौं, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्रियतालाई बलियो बनाउँदै चौतर्फी ढङ्गले विकास निर्माणको यात्रामा अघि बढेकाले यसबारे कुनै भ्रम र आशङ्का नराख्न पार्टीका केन्द्रीय सदस्यलाई आग्रह गर्नुभएको छ । यहाँ आजदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा उद्घाटन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि प्रयासरत भई सत्यका […]

पुरा पढ्नुहोस

नेकपाको दोस्रो केन्द्रिय कमिटी बैठक शुरु | Wed Jan 29

काठमाडौं, माघ १५:नेपाल कम्युनिष्ट पार्टी नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक आजबाट बस्दैछ । पार्टी एकताको करिव डेढ वर्षपछि बैठक बस्न लागेको हो । काठमाण्डौको राष्ट्रिय सभागृहमा बस्ने बैठककको तयारी पूरा भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक […]

पुरा पढ्नुहोस

राजनीतिक सहभागिताको नयाँ अध्याय सुरु -प्रम | Wed Jan 29

काठमाडौं, माघ १५:प्रतिनिधि सभाका नव निर्वाचित सभामुख अग्नीप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधि सभाको पहिलो बैठक मंगलबार बस्यो। बैठकमा संसदमा सहभागी  बिभिन्न दलका नेतालाई उहांलाई शुभकामना ब्यक्त गर्दै सफल कार्यकालको कामना गर्नु भयो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सभामुखको निर्वाचन सर्व सम्मतिले हुनु स्वागत योग्य कुरा भएको बताउनु भएको छ ।नयाँ सभामुखको निर्वाचन भएपछि हिउँदे अधिवेशनमा आफ्नो […]

पुरा पढ्नुहोस

सर्बोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार | Wed Jan 29

काठमाडौं, माघ १५:सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपाका तत्कालिन नेता अग्निप्रसाद सापकोटा विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एक इजलासमा भएको बहसपछि सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । आदेशमा “अग्निप्रसाद सापकोटाले सभामुख पदमा निर्वाचित भई शपथ लिई पदभार ग्रहण गरिसकेको अवस्थामा निजलाई सभामुखको पदमा कार्य […]

पुरा पढ्नुहोस

सहिदको योगदानबारे सबैलाई प्रशिक्षित गर्नुपर्छ – राष्ट्रपति भण्डारी | Wed Jan 29

काठमाडौं, माघ १५:राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा युवा पुस्तालाई राष्ट्रभक्ति र लोकतान्त्रिक पद्धतिका बारेमा चेतना अभिवृद्धि गर्न सङ्घीय र प्रदेश सरकारको भूमिका आवश्यक रहेको बताउनुभएको छ । मकवानपुरको हेटौंडामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सहिदको योगदान बारे सबै पक्षलाई प्रशिक्षित गर्नुपर्ने धारणा राख्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती प्रदेशअन्तर्गत मकवानपुर, हेटौंडा उपमहानगरपालिका नवलपुरस्थित शहीद स्मारकमा नवनिर्मित […]

पुरा पढ्नुहोस

पाँचथरका प्रहरी चौकीहरुको अनुगमन | Wed Jan 29

काठमाडौं, माघ १५:पाँचथरको दुर्गम स्थानमा रहेका प्रहरी चौकिहरुको अवस्थाको अनुगमन गरिएको छ । सुरक्षाकर्मीहरुको बसाइ, सर्बसाधरणसंगको सम्बन्ध र उनीहरुका लागि आबस्यक सामग्री ब्यबस्थापन समेतको विषयमा चासो दिंदै अनुगमन गरिएको हो । पाँचथरको भौगोलिकरुपमा विकट स्थानमा रहेका प्रहरी चौकीहरुमा रहेको समस्या र त्यसको समाधानका लागि अनुगमन अभियान थालीएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताउनुभयो । पाँचथरमा […]

पुरा पढ्नुहोस

फलेवासको क्लिन सिटी अभियान | Wed Jan 29

काठमाडौं, माघ १५:पर्वतको फलेवास नगरपालिकाले ग्रिन सिटी, क्लिन सिटी अभियानलाई तीब्रता दिएको छ । सडक छेउछाउ र घरवरिपरि भएका बुढो र ठूलो रुख तथा झाडीहरु हटाउदै नगरलाइ स्वच्छ र सफा बनाउने काम भैरहेको छ । घर वरपर अग्ला रुखहरुले खेतीयोग्य जमिनलाइ सेपमा पार्ने र वस्तीको सुन्दरता समेत घटाउने भएकाले त्यस्ता रुख र झाडी सफाइ शुरु […]

पुरा पढ्नुहोस

पर्यटन बोर्डको सीईओमा रेग्मी नियुक्त | Wed Jan 29

काठमाडौं, माघ १५:नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओमा डा धनञ्जय रेग्मी नियुक्त हुनुभएको छ । बोर्डको कार्यकारिणी समितिले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । सीईओ छनोट समितिको सिफारिसको आधारमा कार्यकारिणी समितिले रेग्मीलाई सीईओमा नियुक्त गरेको बोर्डको सचिवालयले जनाएको छ ।जलवायु परिवर्तनमा विद्यावारिधि गर्नुभएका रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय […]

पुरा पढ्नुहोस

चितवनमा ५७ प्रजातिका नयाँ चरा | Wed Jan 29

काठमाडौं, माघ १५:चितवनमा गतवर्ष भन्दा ५७ प्रजातीका नयाँ चरा फेला परेका छन । यसवर्ष ५७ प्रजातिका १० हजार पानीचरा फेला परेको चराविद् टिका गिरीले जानकारी दिनुभयो । गत वर्षको गणनामा ५० प्रजातिका ८ हजार ४ सय ९६ पानीचरा फेला परेका थिए । जाडो याममा लामो दुरी पार गरेर जाडो छल्न विभिन्न देशबाट चितवनमा पानीचरा आउने […]

पुरा पढ्नुहोस

अन्यायलाई सच्याउन नयाँ नागरिकता ऐन- मोदी | Wed Jan 29

काठमाडौं, माघ १५:भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विगतमा भएका अन्यायलाई सच्याउन नयाँ नागरिकता ऐन आएको बताउनुभएको छ । उहाँले भारत सरकारले नागरिकता संशोधन ऐनमार्फत विदेशमा रहेका धार्मिक अल्पसंख्यकहरु माथि भएको ऐतिहासिक अन्यायलाई सच्याउन लागेको पनि बताउनुभएको छ । उहाँले नागरिकता सम्बन्धी संशोधित कानूनले छिमेकी मुलुकमा बस्दै आएका धार्मिक अल्पसङ्ख्यक समुदाय माथि न्याय गर्ने दावी पनि गर्नुभएको […]

पुरा पढ्नुहोस
1 2 3 255

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्