News

दक्षिणी सुडानमा भएको विमान दुर्घटनामा १९ जनाको मृत्यु | Mon Sep 10

दक्षिण सुडानको मध्य भागमा यात्रुबाहक विमान दुर्घटनाग्रष्त हुँदा १९ जना यात्रुको मृत्यु भएको छ भने ४ जनाको जीवितै उद्दार गरिएको छ । जीवितै उद्दार गरिनेमा दुई जना बालबालिका रहेका छन्। विमान अवतरणका क्रममा बाक्लो हुस्सु लागेकाले तालमा खसेर दुर्घटनाग्रष्त भएको  त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । आइतबार बिहान चालक दलका सदस्य सहित २३ यात्रु लिएर […]

पुरा पढ्नुहोस

फुटबल रङ्गशालामा भागदौड मच्चिँदा एक जनाको मृत्यु | Mon Sep 10

मादागास्करको राजधानी अन्तानानारिभोमा एक फुटबल रङ्गशालामा भागदौड मच्चिँदा एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । मादागास्कर र सिनेगल बीच अफ्रिका कप छनौटका लागि हुन लागेको फुलबल खेल शुरु हुनु केही अघि मात्रै सो घटना भएको हो । स्थानीय संचार माध्यमहरुका अनुसार खेल शुरु हुनुपूर्व फुटबल खेल हेर्न गेटबाट प्रबेश गर्ने […]

पुरा पढ्नुहोस

नुवाकोटमा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव काठमाडौँ ल्याइयो | Sun Sep 9

गोरखाको सामागाउँबाट काठमाडौँ आउदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आज काठमाडौँ ल्याइएको छ । अहिले पोष्टमार्टमका लागि त्रिबि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । नुवाकोटको विदुरबाट हेलिकप्टरमा ति शव काठमाण्डौ ल्याइएको हो । प्रहरी तथा स्थानीयको सक्रियतामा रातभरी लगाएर शव बिहान बिदुर ल्याइएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो । […]

पुरा पढ्नुहोस

कास्कीको बेगनास तालमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएकाहरुको खोजी जारी | Sun Sep 9

कास्कीको बेगनास तालमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएकाहरुको खोजी भैरहेको छ । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय डुंगा ब्यबसायिहरु उध्दारमा खटिएका छन् । बेगनास तालमा हिजो डुङ्गा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने ६ जना बेपत् भएका थिए । वेपता हुनेमा पोखरा बाग्लुङ्ग बसपार्ककी १८ बर्षिया मनिसा बजगाई, चितवन गैडाकोटका […]

पुरा पढ्नुहोस

देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर आज कुशे औंशि पर्ब मनाइदै | Sun Sep 9

भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्या इएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको […]

पुरा पढ्नुहोस

आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती | Sun Sep 9

भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उहाँ परलोक हुनुभएको थियो । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्यानउनुएको थियो। नेपाली साहित्यको […]

पुरा पढ्नुहोस

इलामका दुई स्थानीय तहका सयौँ परिवार अन्धकारमा | Sun Sep 9

चट्याङका कारण विद्युत् ट्रान्सफर्मर पड्कँदा इलामका दुई स्थानीय तहका सयौँ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । गत बिहीबार परेको चट्याङबाट इलामको सूर्योदय नगरपालिका र माई जोगमाई गाउँपालिका क्षेत्रमा रहेका सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुगेको हो । सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुग्दा दुई स्थानीय तहका ९०० बढी परिवार अन्धकारमा बस्न बाध्य भएका छन् […]

पुरा पढ्नुहोस

‘बाउन्ड्री वर्किङ ग्रुप’को उच्चस्तरीय संयुक्त पाँचौ बैठक असोज पहिलो साता | Sun Sep 9

नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को उच्चस्तरीय संयुक्त पाँचौ बैठक आगामी असोज पहिलो साता काठमाडौँमा हुने भएको छ । दुई देशबीच विगतदेखि नै नदी सिमानाका विषयमा रहँदै आएको समस्या समाधानका लागि आगामी असोज ३, ४ र ५ गते ‘बाउन्ड्री वर्किङ ग्रुप’को बैठक काठमाडौँमा बस्ने भएको हो । बैठकमा यसअघि भएका कार्यप्रगतिका बारेमा समीक्षा गरिनुका साथै आगामी दिनमा […]

पुरा पढ्नुहोस

चीन र पाकिस्तानका विदेशमन्त्री बीच भेटबार्ता | Sun Sep 9

चीन र पाकिस्तानले एक अर्का देशमा हुने व्यापार सहजीकरणका लागि आर्थिक मार्ग सीपिइसी निर्माण गरी अघी बढ्ने भएका छन् । पाकिस्तानको भ्रमणमा रहनु भएका चीनियाँ विदेशमन्त्री संगको छलफलका क्रममा पाकिस्तान सरकारले दुइ देश बीच आर्थीक मार्ग संचालन गर्ने बारेमा छलफल गरेको हो । दुइ देशका विदेशमन्त्री बीच आर्थीक मार्ग संचालनबारे आपसी वार्ता भएको पाकिस्तानको विदेश […]

पुरा पढ्नुहोस

उत्तर कोरियाले आफ्नो ७० औं वार्षिकोत्सवका अवसरमा सैन्य परेड प्रदर्शनको तयारी | Sun Sep 9

उत्तर कोरियाले आफ्नो ७० औं वार्षिकोत्सवका अवसरमा यसै हप्ता सैन्य परेड प्रदर्शनको तयारी गरेको छ । यो पाँच वर्षपछिको सबैभन्दा ठूलो मास गेम हो ।परेडलाई उत्तर कोरियाले गरेको निशस्त्रिकरण प्रतिको अन्तर्राष्ट्रिय प्रतिबद्धता दृष्टिले पनि नजिकबाट हेरिनेछ । परेडमा विशाल ब्यालेस्टिक क्षेप्याष्त्र व्यापक रुपमा हेरिनेछ । उत्तर कोरिया र अमेरिका बीचको तनाब दुई देशका नेताहरुको सिंगापुरमा भएको […]

पुरा पढ्नुहोस
1 227 228 229 230 231 255

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्