News , Province

पाचौं चरणका सबै खेल सकिंदै

Thu Jan 9

काठमाडौं, पुष २४:शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगत आजबाट पाचौं चरणका सबै खेल सकिदै छन् । पाचौं चरणको अन्तिम दिन आज दुइ ओटा खेलहरु हुने तालिका छ । निर्धारित खेल तालिका अनुसार दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लवले विभागीय टोली एपिएफ क्लव संग प्रतिस्पर्धा गर्दैछ ।  हालसम्मको खेलबाट समान चार अंक बनाएका दुबै टोली आजको खेलमा जित निकाल्दै ३ अंक थप गर्ने रणनीतिमा छन् । यसैगरी दिउँसो ३ बजेबाट हुने अर्को खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले सरस्वती युवा क्लवसंग खेल्दैछ । चौंथो स्थानमा रहेको आर्मीले चार खेलमा सबै हारेर अंक तालिकाको पुछारमा रहेको सरस्वतीलाई हराउदै स्थान सुधारको लक्ष्य लिएको छ । लिगमा हिजो भएका खेलमा ब्रिगेड व्याइज क्लवलाई ३-१ले हराउदै थ्री स्टार क्लव विजयी भयो भने च्यासल र नेपाल पुलिसले २-२ गोलको बराबरी खेल्दै समान १-१ अक बाँडेका छन् ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्