Business , News

फिर्के खोलाको पुल अलपत्र

Thu Jan 9

काठमाडौं, पुष २४:पोखराको वडा नं. ४ र ५ जोड्ने फिर्के खोलामा निमाण गर्न शुरु गरिएको पक्की पुलको काम डेढ महिना देखी अलपत्र छ । पोखराको मुख्यबजार संग जोडिने फिर्के खोला माथी बर्षौ पहिले निर्माण भएको कच्चीपुल जिर्ण भएपछि नयाँ पुल बनाउन लागिएको हो । पुरानो पुल भत्कईएको छ भने नयाँ पुलको निमार्णको काम पनि प्रभावकारी हुन सकेको छैन । पोखरा महानगरपालिकाको कार्यपालिकाको ४ करोड ५५ लाख रुपैयाको लगानीमा निर्माण हुने पुल २०७७ साल मंसिरमा सम्पन्न गर्नुपर्ने सम्झौता छ । तर पुल निर्माणको डिपीआरमा नै कमजोरी रहेकोले निमार्णको काम अलपत्र भएको स्थानियको आरोप छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्