Business , News

लम्जुङको कृषि फार्ममा आगोलागि

Thu Jan 9

काठमाडौं, पुष २४:लमजुङको मध्यनेपाल नगरपालिका–१ जिता देउरालीमा रहेको एउटा कृषि फार्ममा आगोलागी हुँदा हुँदा पशु चौपायन सहित भौतिक क्षति भएको छ । आगोलागीमा परेर फार्ममा रहेको ४० बाख्रा र एकसय भन्दा बढि कुखुरा जलेर मरेका छन् । स्थानीय रमेश पौडेलले सञ्चालन गरेको चिनारी कृषि फार्ममा विद्युत सर्ट भई आगोलागी भएको हो । फार्ममा एकसय ७० वाख्रा र डेढसय लोकल कुखरा थिए । आगालागी हुँदा वाख्राको आधुनिक दुईवटा खोर र गोदाम घर जलेर नष्ट भएको फार्म सञ्चालक पौडेलले बताएका छन्  । अचानक आगलागी हुँदा पशु चौपाया तथा अन्य भौतिक संरचना जलेर भएको क्षतिको विवरण निकालेन् काम भइरहेको छ ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्